UNIVERSITY OF HOUSTON

Nepalese Student Association at University of Houston

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Publications

~ चन्द्रमाँ झै उज्यालो तिम्रो मुहार~

चन्द्रमाँ झै उज्यालो तिम्रो मुहार एकपटक देखाउन
तिम्रो कोकिल कण्ठ किन बन्द भयो, दुइचार मीठा कुरा सुनाऊंन

बादलु झै कालो केशमा हराउ हराउ लाग्छ
लज्जालु ती तिम्रै मृगनयन चुमौ चुमौ लाग्छ
अँध्यारो भो दिनमा नै, दिब्य मुहार देखाउन
दनत लहर खोली हास, भास्कर बर्षा गराउन

बारुली कम्बरको नृत्यमा हराउ हराउ लाग्छ
तिमीसँगै आफैलाई भूलौ भूलौ लाग्छ
धेरै दिन भयो एक्लो भएको अब एक्लो नबनाउन
हुन्छा मात्र भनिदेउन सक्छु तिम्रो सिउँदो सजाउन

तिमी पनी अबला छौ, अबला नबाउन
एक्लो जीवन गार्हो हुन्छा, दुइ ज्यान बनाऊन
बरकै छेउमा पीपल रोपछु, हात फैलाऊन
हुन्छा मात्र भन तिमी, सक्छु बहार बर्षाउन

चन्द्रमाँ झै उज्यालो तिम्रो मुहार एकपटक देखाउन
तिम्रो कोकिल कण्ठ किन बन्द भयो, दुइचार मीठा कुरा सुनाऊंन

-तुलसी दाहाल


~ शान्तिको कामना ~

मनमा उम्लिएका लाभाहरुलाई थामेर,
दिमागमा पड्कन लागेका बिद्रोहका एटोम बमहरुलाई रोकेर,
गर्न सक्दिन म ॐ शान्तिको कामना
छैन मलाई त्यस्तो मुर्दा शन्तिको तृष्णा ।
बरु ....

बरु आओस ठुलो हुरी
लगोस सबै सोरपटार पारी,
बिक्षिप्त नै होस् तर आहा!! त्यो रमना,
छ मलाई त्यस्तै चिरस्थाइ शान्तिको चाहना ।।


-जीवन कट्वाल


म के हु?

आज बिहानै
मेरो मन भित्र
दुइवटा विचारको लडाई चल्यो
एउटाले अर्कोलाई सोध्यो
त “मान्छे" कि “मान्छे जस्तो"

म अवाक भए

प्रेयसीको दुखाईमा
आमाका क्रन्दनहरुमा
बुवाको असक्ततामा
दिदीबहिनीको रुवाईमा
बच्चाहरुको छटपटीमा
मेरो मनमा धेरैचोटी पहिरो लडेको छ
दुखीहरुको दुख देखेर
मेरो मन् धेरै चोटी दुखेको छ
शायद म "मान्छे जस्तो" नभएर
"मान्छे" नै हुनु पर्छ

म कर्णालीको भोक संगै
आधा पेट भएको छु
महाकालीको भेल संगै
धेरै पटक भत्किएको छु
औषधी नपाएर दुखेका घाऊ देखेर
म धेरै पटक तड्पिए
बाटो -बाटोमा लडेका बच्चासंगै
मेरो विश्वास धेरै पटक लडेको छ
सोच्दैछु म "मान्छे जस्तो" नभएर
"मान्छे" नै हुनु पर्छ

अर्को मनले तर्क गर्यो

तैले भीडहरुको लहडमा
सहरलाई कालो मुस्लो बनाएको छस
पार्टीका झन्डामा बिबेक बन्दकी राखेर
स्कुल, कलेज, हस्पिटल फोडेको छस
गुड्दा गुड्दैको गाडी पोलेर
मान्छेहरुको राप तापेको छस
आमा बहिनीहरुको अस्मिता लुटेको टुलु- टुलु हेरेर
तैले कायरता देखाएको छस
अरुले बोकाएको झन्डा बोकेर
बाटो बाटै बिरामीको ज्यान लिएको छस
कक्ष्या कोठाबाट निकालेर
गुरुहरुको हत्या भएको साक्षी बसेको छस
उपचार गर्दै गरेको डाक्टर निकालेर
मज्जासंग पिटेको रमिता हेरेको छस
भ्रस्टहरुसंग कुममा कुम मिलाएर
बियरका चुस्की लगाएको छस
तैले ब्वासो जस्तो भएर
अरुबाट फाइदा मात्र लुटेको छस

मेरो तर्कनाले भन्यो
म "मान्छे" होइन
"मान्छे जस्तो" मात्रै पो छु कि के हो ?

मेरा विचारहरु अझै लडीरहेका छन्
म "मान्छे" कि "मान्छे जस्तो"

-तुलसी दाहाल


जन्मभूमि

चंचल मन चंचल नयन
खोज्दछ उसैलाई मनको बनमा
ननिभ्ने गरी राख्दछु उसैलाई

हे जन्मभूमि हे मेरी आमा !
बिर्सु म कसरी?
तिम्रो नै यादम़ा पिरोलिरंछु
दिन र रातम़ा
मन पोलिरनछ ट़ाढीए पनि समुन्द्र नाघेर
सम्झना भरि तिमीलाई राखछु
आशुलाई थामेर

-गंगा लिगल